25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपुटिन-जेलेन्स्की इस्तानबुलमा बिहीबार शान्ति वार्ता गर्ने

पुटिन-जेलेन्स्की इस्तानबुलमा बिहीबार शान्ति वार्ता गर्ने


एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टर्कीको इस्तानबुलमा यही मे १५ (बिहीबार) मा प्रत्यक्ष शान्ति वार्ता गर्ने प्रस्ताव राखेका छन्। पुटिनको प्रस्तावलाई जेलेन्स्कीले स्वीकार गरेको बताइएको छ। यो बैठकलाई दुई देशबीच शान्ति प्रक्रियाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

आइतबार क्रेमलिनमा पत्रकारहरूलाई जारी गरिएको एक विज्ञप्तिमा राष्ट्रपति पुटिनले रूस-युक्रेन द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न र दिगो तथा स्थिर शान्तिको लागि आधार तयार गर्न गम्भीर वार्ताका लागि प्रतिबद्ध रहेको बताएका थिए। उनले प्रस्तावित वार्ताको क्रममा युद्धविराम सम्झौताको सम्भावनाबारे छलफल गर्न सकिने उल्लेख गरेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि इस्तानबुलमा पुटिनलाई भेट्न पर्खिरहेको हुनेछु भन्दै उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

सूत्रहरूका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुई देशबीच यो शान्ति वार्ता तय भएको बताइएको छ। यस वार्ताले रूस र युक्रेनबीचको लामो समयदेखि चलिरहेको युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम हुन सक्ने आशा गरिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments