गौरी टाप (सोलुखुम्बु) सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “स्पार्क एड्भेञ्चर” कार्यक्रममा २०० भन्दा बढी प्रतिभागीले सहभागिता जनाएका छन्। यस अवसरमा नेपाली कलाकार, साहसिक यात्री र सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिभागीहरूले शुक्रबार राति गौरी टाप मा टेन्ट क्याम्पिङ गरी क्षेत्रको पर्यटकीय महत्त्व र सम्भावनाको बारेमा छलफल गरे। कार्यक्रममा राजेश हमाल, क्याप्टेन विजय लामा, गायिका आनि छोइङ डोल्मा, गायक राजु लामा, विमलराज क्षेत्री, सुनिता दुलाल, आस्था राउत, बिबिसी मास्टर सेफ सन्तोष साह लगायतका चर्चित व्यक्तित्वहरू उपस्थित थिए।
गौरी टापको पर्यटकीय आकर्षण
यस क्षेत्रबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ८००० मिटरभन्दा अग्ला ६ हिमालहरू देख्न सकिन्छ। यो क्षेत्र २५ भन्दा बढी प्रजातिका गुँरास तथा सूर्योदय र सूर्यास्तको मनोरम दृश्य को लागि प्रसिद्ध छ। सोलुखुम्बुको यो गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन यस्ता आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ।
कार्यक्रमको आयोजक स्पार्क कारले यस अवसरमा लिइएका केही तस्वीरहरू सार्वजनिक गरेको छ। यसरी साहसिक र पर्यटन प्रवर्द्धनका गतिविधिहरू बढ्दै गएको भए सोलुखुम्बु नयाँ पर्यटकीय गन्तव्यको रूपमा उभिन सक्ने अपेक्षा छ।


#स्पार्कएड्भेञ्चर #गौरीटाप #सोलुखुम्बु #नेपालपर्यटन




