26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठइटाली हिँडेका नेपाली युवा लिबियाको युद्धमा मारिए

इटाली हिँडेका नेपाली युवा लिबियाको युद्धमा मारिए

युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युवा युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्।

मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ।

आक्रमणमा परी नेपाली युवा श्रेष्ठसहित ४० जनाको ज्यान गएको छ भने ८० भन्दा बढी घाइते भएका छन्।

यही असार १७ गते आक्रमण भएको हो। नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ। श्रेष्ठको नेपालको ठेगाना खुलेको छैन।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

- Advertisement -

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको थियो। अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमै छन्।

उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले एक विज्ञप्ति जारी गरेर बताएको छ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।
साभार नेपालखबर

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments