25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियअरुणिमाको अभिभावक दिवस सम्पन्न, उद्यमशीलता र जीवनउपयोगी शिक्षामा जोड 

अरुणिमाको अभिभावक दिवस सम्पन्न, उद्यमशीलता र जीवनउपयोगी शिक्षामा जोड 


काठमाडाैँ । शिक्षाको विकासमा शिक्षक, बिद्यार्थी र अभिभावक सर्बै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको शिक्षा क्षेत्रका बिज्ञहरुले व्यक्त गरेका छन् । 

अरुणिमा शैक्षिक प्रतिष्ठान सञ्चालित अरुणिमा माध्यमिक विद्यालयद्धारा आयोजित २०८१ को अभिभावक दिवस तथा  विविध सांस्कृतिक कार्यक्रममा बिज्ञहरुले सो कुरा ब्यक्त गरेका हुन् ।  

अरुणिमाको ३९ औ अभिभावक दिवस कार्यक्रममा अर्थविद केशव आचार्यले जीवन उपयोगी तथा सिप र प्रविधियुक्त शिक्षा आजको आवश्यकता रहेको बताए । शिक्षाले मुलुकको आर्थिक विकासको बाटो पहिल्याउने हुदाँ गुणस्तरिय र समयसापेक्ष शिक्षामा जोड दिए ।

89982c97-7113-4285-a058-f7b554a231bc-1740317496.jpg

- Advertisement -

अरुणिमा प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडालले अरुणिमा शैक्षिक गतिविधीको चर्चा गदै शिक्षा क्षेत्रको बिभिन्न उपलब्धिको प्रकाश पारेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक इश्वरी लामिछानेले अरुणिमाले मुलुकको बिद्यालय तहको शिक्षामा निर्वाह गरेको भूमिकाको चर्चा गदै बिद्यालय तहको चुनौतीको शिक्षक, बिद्यार्थी र अभिभावकको समझदारी आवश्यक भएको बताए ।

अरुणिमा कलेजका क्याम्पस प्रमुख केशवप्रसाद जोशीले शिक्षाले मात्र संसारलाई परिवर्तन गर्नसक्ने हुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकहरू शैक्षिक रुपान्तरणको वाहक हुनुपर्ने कुरामा जोड दिर्दै समय सापेक्ष शिक्षाको विकासमा प्राथमिकता दिएको बताए । नर्सरीदेखि कक्षा १२ सम्मका छात्र–छात्राहरूका विविध लोक तथा आधुनिक नृत्य एवम् गायन, अर्केष्ट्रा, योग, स्काउट, चिनिया सांस्कृतिक नृत्य, स्थानीय नेवारी वाद्यवादन, तेक्वान्दो, डिजिटल साक्षरतासम्बन्धी चेतनामूलक नाटक लगायतका उत्कृष्ट प्रस्तुतिहरू प्रस्तुत भएका थिए ।

3a539f19-d050-4e6e-8977-774226e8e369-1740317495.jpg

प्रिन्सिप बुद्धिप्रसाद रेग्मीले विद्यालयमा भएका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलापकसम्बन्धी गतिविधिहरूको समग्र पक्षका बारेमा प्रकाश पार्नु भएको थियो । नवप्रर्वतनात्मक शिक्षण विधिलाई अवलम्बन गर्दै शिक्षण सिकाइ क्रियाकलाप भइरहेको विद्यालयका प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक आनन्द आदित्यले विभिन्न देशको शिक्षाको उदाहरण प्रस्तुत गर्दै शिक्षा जीवनोपयोगी हुनुपर्ने कुरामा जोड दिए ।

विद्यालय अभिभावक संघका अध्यक्ष सागरराज सुवेदीले बिद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक बीच समझदारी र विश्वास आवश्यक भएको बताए । गुणस्तरिय र समय सापेक्ष शिक्षाको लागि सबै पक्षको सहकार्य आवश्यक भइको अध्यक्ष सुवेदीको भनाई छ ।  

विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र श्रेष्ठ र बिद्यालयकाकक्षा ९ का छात्राद्वय सुवास्ना सुवेदी र मृदु सिलवालबाट कार्यक्रम संचालन गरिएको थियो । 

61d1af06-757f-4f1b-a104-d75fdd4a9d6f-1740317493.jpg

168eaff8-e99d-4f0e-ba2d-eedb85269304-1740317493.jpg

7cdc8346-c4a7-4ed0-9e2e-b850b3fd6265-1740317496.jpg

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:१८




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments