20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठNRNA कुवेतद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न। कुवेतमा एक महिनामै ४ जना नेपाली...

NRNA कुवेतद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न। कुवेतमा एक महिनामै ४ जना नेपाली कामदारको मृत्यु।

दिलकुमार पाख्रीन। अगस्ट ७, कुवेत। गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ। उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन। नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारिको प्रमुख आतिथ्यता एवं NRNA कुवेतका अध्यक्ष रणध्वोज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रम दिल कुमार पाख्रीनले सञ्चालन गरेको थियो। केन्द्रका मध्यपुर्व उप संयोजक अमित राई, मेडेक्स मेडिक केयरको तर्फबाट मेडेक्सकि सचिव जेन्सी, संरक्षक राजेन्द्र तामाङ र प्रमुख अतिथी महामहिम राजदूतले सो कार्यक्रममा शुभकामना मन्तव्री राख्नुभएको थियो।

मेडेक्स मेडिकल केयरका मालिक मोहम्मद अलिले NRNA कुवेत र राजदूत दुर्गाप्रसाद भन्डारिलाइ मोमेन्टो हस्तान्तरण गर्दै सम्मान गरेको थियो।

मन्तव्य राख्ने क्रममा अध्यक्ष लामाले पछिल्लो समय नेपाली कामदारहरुको मृत्युदर बढेको बताएका छन। उनले आफू भित्र के समस्या छ भन्ने हामिले नजान्ने र सामन्य समस्यालाई वास्ता नगर्ने हाम्रो बानिका कारण धेरैले अकालमै ज्यान गुमाइरहेको कारण बेला बेला हामिले आफ्नो स्वास्थ्य परिक्षण गराइरहनुपर्ने सुखाव दिएका छन। उनले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उदेश्य नै कार्यक्रमको दिन धेरै मान्छे बटुलेर भिंड्भाँड देखाउनु भन्दा पनि कसरी मान्छेलाइ बढी हेल्थ अवारनेस गराउन सकिन्छ भन्नेतिर फोकस भएको बताए। “हाम्रो कार्यक्रम गर्नुको उदेश्य, एकदिनमा धेरैको स्वास्थ्य चेकजाँच गराउनु भन्दा पनि समाजमा हामिले आफ्नो स्वास्थ्य बेला बेला चेकजाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो।” उनले भने।

पछिल्लो समय एक महिनामै कुवेतमा ४ जनाले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन ।
बिस्ट र कुँवरको हृदयघातका कारण, चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने शेर्पाले झुण्डिएर आत्महत्या गरेको नेपाली दुताबास कुवेतका दृतिय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ । आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो । उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो । उनको आत्महत्या पर्श्चात सबैलाई गम्भीर बनाएको छ जुन नेपालका रास्ट्रीय मिडियाहरुले समेत रिपोर्ट नै प्रसारण गरेका छन । शेर्पा त एक उदाहरण मात्रै हो बैदेशिक रोजगारीमा आउने धेरै नेपाली चेलीहरुले पनि यस्तै समस्या झेलिरहेकाछन भने ज्यान पनि गुमाई रहेका छन तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक रहेको छ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments