20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, नदी–खोलामा सतर्कता अपनाउन प्रशासनको अनुरोध

पाँचथरसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, नदी–खोलामा सतर्कता अपनाउन प्रशासनको अनुरोध


 पाँचथर । कोशी प्रदेशका विभिन्न स्थानहरूमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले पाँचथर जिल्लाको प्रशासनले नदी, खोलानाला तथा पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भारी वर्षाका कारण नदी र खोलामा पानीको बहाव एक्कासी बढ्न सक्ने र पहिरोको खतरा समेत उच्च रहेको जनाइएको छ।

सूचनामा जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नै परे सावधानीपूर्वक र सुरक्षित मार्ग रोज्न सुझाव दिइएको छ। साथै खोलातटवर्ती बस्ती तथा पहिरोको जोखिममा रहेका स्थानका स्थानीयलाई सतर्क रहन र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरिएको छ।

- Advertisement -

‘डुबान, पहिरो वा बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेकाहरूले विशेष सावधानी अपनाउनुहोस्,’ सूचनामा भनिएको छ।जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी डिक प्रसाद दहाद्वारा हस्ताक्षरित सूचनामा सबैलाई पूर्वतयारीका साथ सुरक्षित बसोबास गर्न पुनः आग्रह गरिएको छ।

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments