19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरसहित आज यी ५२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

पाँचथरसहित आज यी ५२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव


पाँचथर । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २५, बुधबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ।

जिल्लाका हिसाबले आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जानकारी दिएको छ।

साथै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।यसैले ती जिल्लामा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments