20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसामाजिक सञ्जालमा कोशीका मुख्यमन्त्री र माओबादी नेता मिक्साेकाे जुहारी

सामाजिक सञ्जालमा कोशीका मुख्यमन्त्री र माओबादी नेता मिक्साेकाे जुहारी


पाँचथर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र नेकपामाओबादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ बिच सामाजिक सञ्जालमा जुहारी सुरु भएको छ । मंगलबार बिहान नेम्बाङले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री केपि शर्मा ओली लाई पनौती भने पछि कार्कीले नेम्बाङलाई स्वास्थ्य लाभको कामना गर्न भनेका छन्। खेल क्षेत्रमा देखिएको व्यवहारिक असमानता र राजनीतिक नेतृत्वको ‘स्टन्टबाजी प्रवृत्ति’प्रति लक्षित गर्दै माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। मुख्यमन्त्री हिकमत कार्कीले सो स्टाटसमाथि प्रतिकृया जनाएपछि नेम्बाङले पुनः तीव्र प्रतिक्रिया दिएका छन्।कार्किले   आफ्नाे स्तर मेन्टन गर्न नेम्बाङलाइ सुझाएका छन् ।  खासमा याे स्टाटस तपाँइले लेखेकाे जस्ताे मलाइ लाग्दैन लेख्नुनै भएकाे भए स्वास्थ्य लाभ गर्नुस भनेर कार्किले भनेका छन् ।

नेम्बाङले आफ्नो स्टाटसमा लेखेका थिएः
“नेपाली महिला फुटबल प्रशिक्षक पेट्रिक डे वाइल्डले नेपाली महिला फुटबल टिम हार्नुमा केपी ओलिको भिडियो कन्फरेन्स पनि कारकको रूपमा बताएका र छन् । साथीहरूले भनेको पनौतीको कारण बल्ल बुझिदैछ।”

उनले सो भनाइ कान्तिपुरमा नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षकले दिएको अन्तर्वार्ताको सन्दर्भमा प्रधानमन्त्रीलाई पनौती भन्दै स्टाट्स सार्वजनिक गरेका थिए।

उक्त स्टाटसमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतिकृया दिँदै लेखेः
“तपाईं जस्तो स्टाटसमा भएको मान्छेले यस्तो लेख्न मिल्छ? मलाई त तपाईंको यो स्टाटस आफैं लेख्नु भएको जस्तो लागेको छैन। यदि लेख्नु भएको हो भने तपाईंको सोच, चिन्तन र क्षमता प्रति दया माया लाग्यो। अनि तपाईंको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

- Advertisement -

मुख्यमन्त्रीको  प्रतिकृया सार्वजनिक भएपछि नेम्बाङले त्यसको जवाफमा यसरी उत्तर दिएः
“ओ हो धन्यवाद छ मुख्य मन्त्रीज्यू प्रतिक्रियाको लागि। मैले त कान्तिपुरमा प्रशिक्षकले दिएको अन्तर्वार्ताको विषय उठाएको हो। त्यो पहिला पढ्न आग्रह गर्दछु।”

उनले थप लेखेः
“अब रह्यो तपाईंको कमेन्टको कुरा… तपाईंको कमेन्टले चाहिँ मुख्यमन्त्रीकै स्तर मेन्टेन गर्यो त? मुख्यमन्त्रीज्यू, तपाईंको पार्टी सदस्यले गरेको कमेन्टभन्दा तल्लो स्तरको देख्छु म तपाईंको कमेन्ट। त्यसकारण तपाईंले पनि स्तर मेन्टेन गर्नुस्, मुख्य मन्त्रीज्यू। मलाई पनि दया लाग्यो हजुर प्रति।”

सामाजिक सञ्जालमा भएको यो संवादले दबै नेताको पक्ष र बिपक्षमा प्रतिकृया आइरहेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments