29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरसहित पाँच प्रदेशका भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

पाँचथरसहित पाँच प्रदेशका भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?


पाँचथर । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

 साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा काठमाडौंको बूढानीलकण्ठमा २५ मिलिमिटर वर्षा मापन भएको छ। इलामको कन्यामा १८ मिलिमिटर, ताप्लेजुङको दोभनमा १३ मिलिमिटर, संखुवासभाको अरूणखोलामा ९.४ मिलिमिटर, बाराको रतनपुरीमा १३.४ मिलिमिटर, चितवको गोविन्दवस्तीमा १२.४ मिलिमिटर, दाङको कोइलावासमा ७ मिलिमिटर , दार्चुलाको गोकुलेश्रमा २.४ मिलिमिटर वर्षा भएको छ।

- Advertisement -

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments