काठमाडौं महानगरपालिका-३१ स्थित कात्यायनी चोक नजिकै एक सडक दुर्घटनामा ३ वर्षीय शिवांस झा को मृत्यु भएको छ। बा.प्र.०१-०३१ च ९५६३ नम्बरको गाडीले कात्यायनीबाट भिमसेनगोलातर्फ जाँदै गर्दा पैदलयात्री शिवांसलाई ठक्कर लागेको हो। घटनापछि गम्भीर घाइते उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगियता पनि उपचारको क्रममा निधन भएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। मृतक भारतको सितामढी निवासी ४० वर्षीय आलोक कुमार झा का छोरा थिए।
अर्को घटना
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-३ सिउरेनी नजिकै मधेश प्रदेश ०३-००१ त ८७४१ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीय सुक बहादुर कामी को मृत्यु भएको छ। उनी माङपाङ खोलाबाट ठूलोबेशीतर्फ जाँदै गरेको ट्याक्टरमा सवार थिए। घटनास्थलमै उनको निधन भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। मृतक गोरखा जिल्लाको आरूघाट गाउँपालिका-९ बगैँचा निवासी थिए।
प्रहरीले दुर्घटनाको कारण तथा सम्बन्धित जिम्मेवारी छानबिन गरिरहेको छ।
आरडी क्रिएशन




