23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठमहालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा भुक्तानी सुविधा सुरु गरेको...

महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा भुक्तानी सुविधा सुरु गरेको छ


काठमाडौं महालक्ष्मी विकास बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई “Buy What You Love, Pay How You Like” योजना अन्तर्गत मासिक किस्तामा भुक्तानी गर्ने सुविधा सुरुवात गरेको छ। यस अन्तर्गत ग्राहकहरूले ३ देखि १२ महिनासम्मको लचिलो अवधिमा आफ्नो खरिद रकम मासिक किस्तामा बुझाउन सक्नेछन्।

यो सुविधा नेपाल, भारत र भुटानभित्र कुनै पनि व्यापारी, सप्लायर वा डिलरबाट सेवा वा सामान खरिद गर्दा प्रयोग गर्न सकिनेछ। ग्राहकले खरिद गरेको बिल बैंकमा पेश गरेपछि बैंकले त्यसलाई मासिक किस्तामा रूपान्तरण गरिदिनेछ। यसरी किस्तामा रूपान्तरण गर्दा बैंकले कुनै प्रकारको EMI प्रोसेसिङ शुल्क लिँदैन।

साथै, बैंकले “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन परिष्कृत गरी ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सुविधा पुर्याउने नीति अगाडि बढाएको छ।

आरडी क्रिएशन

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments