20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishगगनप्रति सुमनाको रोष- कति झुटो बोलिदिने क्या !

गगनप्रति सुमनाको रोष- कति झुटो बोलिदिने क्या !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर रोष पोखेकी छन्।

बुधबार (आज) साँझ नागरिक फ्रन्टलाइनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘आजकल एकदम पपुलर छ, आइटीमा काम गरेर ३/४ लाख कमाइन्छ, कस्तो झुटो बोलिदिने क्या। कमाइन्छ तर, त्यो त क्रीम अफ द क्रप (सबैभन्दा उत्कृष्ट) ले कमाउने हो। तपाईंले आउटलायरलाई लिएर जहिल्यै एभरेजमा कुरा गरिदिने हो भने त मान्छेकै अपेक्षा त कहाँ हुन्छ त,’ उनले भनिन्।

- Advertisement -

अगाडि उनले भनिन्, ‘स्टार्टिङ स्यालरी त राम्रो टेकमा पनि ४० हजार हो। त्यहाँ पुग्नलाई समय लाग्छ। अनि त्यो टाइम कति हो त ? तपाईं बाहिरै गएर काम गर्नुहुन्छ भने पनि त्यहाँ पुग्नलाई कति काम गर्नुपर्छ, कति समय लाग्छ ? त्यहाँ पुग्ने मान्छे चाहिँ को हो त ? त्यसका लागि रियालिस्टिक भएर जनतालाई कहिल्यै बताएनौँ।’

यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कीर्तिपुरको डाँडामा ल्यापटप लिएर बसेर महिनामा ३/४ लाख कमाउन सकिन्छ’ भनेर अभिव्यक्ति दिएका थिए। त्यसप्रति लक्षित हुँदै श्रेष्ठले रोष पोखेकी हुन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments