19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय६ महीनामा जीवन बीमा कम्पनीहरूले कमाए ३ अर्ब ४८ करोडभन्दा बढी नाफा

६ महीनामा जीवन बीमा कम्पनीहरूले कमाए ३ अर्ब ४८ करोडभन्दा बढी नाफा



काठमाडौं । चालू आर्थिक वर्ष (आव)का ६ महीना अर्थात् दोस्रो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीहरूले कुल ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएका छन् । 

यो नाफा गत आवको यसै अवधिको तुलनामा १४ दशलमव ८५ प्रतिशत वृद्धि हो । सो अवधिमा जीवन बीमा कम्पनीहरूले कुल रू. ३ अर्ब ३ करोड नाफा कमाएका थिए । 

- Advertisement -

जीवन बीमा कम्पनीहरूमध्ये दुई कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा घटेको छ भने बाँकी सबै कम्पनीको नाफा बढेको छ । सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा घटेको छ । 

प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा सिटिजन लाइफ इन्स्योरेन्सले कमाएको छ । कम्पनीले गत आवको यही अवधिको तुलनामा ८६ दशमलव ७८ प्रतिशत वृद्धि गरेको छ । गत आवमा ६ महीनामा कम्पनीले रू. १२ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा उक्त रकम बढेर रू. २३ करोड ९ लाख पुगेको छ । 

यी कम्पनीहरूमध्ये रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ करोड ८१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९ दशमलव ४५ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. ४२ करोड ७७ लाख नाफा कमाएको थियो । 

रकमका आधारमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीले ६ महीनामा रू. ३७ करोड ६२ लाख नाफा कमाएको छ । 

कम्पनीको नाम खुद नाफा रू. हजारमा  घटबढ प्रतिशत 
चालू आवको दोस्रो त्रैमास  गत आवको दोस्रो त्रैमास
नेपाल लाइफ  468,150 427,737 9.45
हिमालयन लाइफ  376,282 346,062 8.73
रिलायबल नेपाल लाइफ  350,390 230,979 51.7
सन नेपाल लाइफ  282,279 328,405 -14.05
नेशनल लाइफ इन्स्योरेन्स 279,140 255,154 9.4
आइएमई लाइफ 267,862 234,725 14.12
एशियन लाइफ  250,307 159,892 56.55
सानिमा रिलायन्स लाइफ  231,689 219,730 5.44
सिटिजन लाइफ  230,971 123,657 86.78
मेट लाइफ  222,559 193,850 14.81
सूर्यज्योति लाइफ  196,139 189,748 3.37
प्रभु महालक्ष्मी लाइफ  182,586 176,423 3.49
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल  141,832 136,625 3.81
राष्ट्रिय जीबन बीमा कम्पनी  8,065 14,288 -43.55
कुल 3,488,251 3,037,275 14.85

स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments