19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय१६ वर्षअघि ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

१६ वर्षअघि ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ


काठमाडौँ। 

 कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरे २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो।

- Advertisement -

२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।

त्यसबेला वीरमानसिंहसहित चार जना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन्।

तामाङको खुट्टा बाँधेर घाटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो। हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो।

वीरमानसिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments