26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishसैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड पुगेको छ।

नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’ को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो।

त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ। विभिन्न परियोजनामा लगानी सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए।

यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइयो।

- Advertisement -

निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८१ १९:०६ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments