19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसिक्किममा उसुका निश्चल तामाङले जिते स्वर्ण पदक

सिक्किममा उसुका निश्चल तामाङले जिते स्वर्ण पदक


काठमाडौँ : सिक्किमको गान्तोकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण पदक जितेका छन् ।

सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गार्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गरे । निश्चलसहित प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

चार खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोस्रो हुँदै २०–२० हजार भारतीय रुपैयँ पुरस्कार जितेको व्यवस्थापक किरण साउदले जानकारी दिए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो । प्रशिक्षक महर्जनले गान्तोकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोगप्रति आभार व्यक्त गरे ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments