19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishसांसद बोहराको अन्तिम संस्कार आज, राप्रपाको तीनदिने शोक

सांसद बोहराको अन्तिम संस्कार आज, राप्रपाको तीनदिने शोक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ। 

पार्टीको केन्द्रीय पदाधिकारीको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले बोहराको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘बोहराको निधनपछि मंगलबार बसेको बैठकले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यस अवधिमा पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीस्तरका कार्यालयमा झण्डा आधा झुकाइनेछ र कुनै औपचारिक कार्यक्रम गरिने छैन।’

बैठकले बोहराको निधनले राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनमा ठूलो क्षति पुगेको निष्कर्ष निकालेको छ। ‘बोहराको योगदान पार्टी निर्माणमा सधैं स्मरणीय रहनेछ,’ श्रेष्ठले भने, ‘पार्टीले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।’

यसैबीच, बोहराको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार (आज) दिउँसो २ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको छ। त्यसै दिन पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ। रासस

- Advertisement -

प्रकाशित: २० चैत्र २०८१ ०६:१३ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments