25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसर्वोत्तम सिमेन्टले किन्यो २२ वर्ष पुरानो ब्राण्ड

सर्वोत्तम सिमेन्टले किन्यो २२ वर्ष पुरानो ब्राण्ड



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनी खरीद गरेको छ ।

सर्वोत्तम सिमेन्टले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत उक्त जानकारी दिएको हो । कम्पनीले नेप्सेमा पेस गरेको छैठौं साधारण सभाको निर्णय माइन्युटमा उक्त कुरा उल्लेख छ । 

- Advertisement -

कम्पनीले शुभश्री जगदम्बा सिमेन्ट मिल्सको शेयर १०० रुपैयाँका दरले र जगदम्बा सिमेन्ट प्रालिको शेयर १५ रुपैयाँका दरले खरीद गरेको जानकारी दिएको छ । 

कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले हाल सञ्चालनमा रहेको दुवै उद्योग खरीद गर्दा करीब २२ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटवर्कको साथ कम्पनीले पाउने बताएका छन् । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments