25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय‘समस्या समाधान नभए व्यवसाय बन्द हुने अवस्था आउँछ’

‘समस्या समाधान नभए व्यवसाय बन्द हुने अवस्था आउँछ’

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा गरिएको प्रतिबन्ध कायमै रहे व्यवसाय बन्द हुने अवस्था आउने सम्बद्ध व्यवसायिक संगठनहरूले बताएका छन् । 

वायुसेवा सञ्चालक संघ, नेपाल, एक्सपिडियम अपरेटर्स एशोसियसन, होटल संघ नेपाल, नेपाल उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिस् एशोसियन अफ नेपाल र नेपाल एशोसियन टुर एण्ड ट्राभल एजेण्टस्ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा देखिएका समस्या वार्ता र संवादद्वारा हल गर्नुपर्ने बताएका हुन् ।

- Advertisement -

‘…यसरी अवरोध र प्रतिबन्ध कायम नै रही रहेको खण्डमा अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धरासायी हुनुका साथ साथै हेलिकप्टर कम्पनीहरूलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना हुने र हेलिकप्टर कम्पनीहरूमा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने हुँदा तिनमा आश्रित परिवारको रोजीरोटी समेत खोसिनेतर्फ उपस्थित सम्पूर्ण महानुभावहरुले एकमत जाहेर गर्नुभयो,’ प्रेस विज्ञप्तिमा उल्लेख छ । 

निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै खुम्बु पासाङलामु गाउँपालिका, स्थानीय युवा समूह लगायतले गत पुस १७ गते (२०२५ जनवरी १)देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएका हुन् । उक्त प्रतिबन्धका कारण व्यवसायमा नकारात्मक असर परेको सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् । प्रतिबन्ध हटाउन दुई पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments