19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियशिक्षकका माग सम्बोधन गर्न सरकार तयार

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार


काठमाडौं : आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ ।

मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो । यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता जारी राख्ने निर्णय गरेको छ । ‘शिक्षकका समस्या समाधान गर्न वार्ता जारी राख्ने र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।

- Advertisement -

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा सरकार निरन्तर संवादमै रहेको भन्दै संवादलाई अझै सघन बनाउन सरकार संवेदनशील र गम्भीर रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments