20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियशिक्षकका माग सम्बोधन गरियोस् : जनमत

शिक्षकका माग सम्बोधन गरियोस् : जनमत


काठमाडौँ : जनमत पार्टीले शिक्षकहरूको माग सम्बोधन गरिनुपर्ने बताएको छ। आइतबार (आज) विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधन गरिनुपर्ने बताएका हुन्।

‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्योलता अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले थप भनेका छन्, ‘आन्दोलनत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐनसमेत जारी गरिदिनुहुन जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’

- Advertisement -

शिक्षक महासङ्घ गत चैत २० गतेयता लगातार आन्दोलनमा छ। आन्दोलनमा सहभागी शिक्षकहरूले शिक्षा ऐन नलिइ नजाने अडान कसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments