19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियवनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो - हाम्रो देश

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो – हाम्रो देश


रुपन्दहेही : यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ ।

यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताए । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

- Advertisement -

आज ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि निःशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments