25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishलोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना

लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना

काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ। लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन्।  

धर्नामा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा देखिएका थिए।  

धर्नामा सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत र सशक्त भएर लोकतन्त्रको पक्षमा उभिन आग्रह गरे। पछिल्ला केही दिनका घटनालाई ‘लोकतन्त्रमा लागेको घुनपुतली’ को संज्ञा दिँदै उनले यस्ता समस्या निमिट्यान्न पार्नुपर्ने बताए।  

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर उनको छ। उनले देशभर लोकतन्त्र बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनाप्रति गम्भीर हुन र जनताको निराशा हटाउन सेवा प्रवाहमा सहजता ल्याउन सरकारलाई आग्रह गरे।

- Advertisement -

प्रकाशित: १७ चैत्र २०८१ ०९:३३ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments