20.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeविदेशमारुकुमका प्रेम बहादुर खड्काको स्क्याफोल्डिङबाट खसेर कुवेतमा मृत्यु।

रुकुमका प्रेम बहादुर खड्काको स्क्याफोल्डिङबाट खसेर कुवेतमा मृत्यु।

दिलकुमार पाख्रीन/२२ अग्स्ट, कुवेत। चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले आएको भए पनि पछिल्लो एक बर्ष देखि कम्पनिबाट भागेर अवैधानिक रुपमा कुवेतको मुत्लामा UECC कम्पनिमा काम गरिरहेका थिए।

१४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्फै गर्दा नै उनी स्क्याफोल्डिङबाट खसेर मृत्यु भएको थियो। उनको नेपालमा दुई छोरी र एक छोरा रहेको छ।

यश बिसयमा नेपाली दूतावास संग बुझ्दा खबर भैसकेको र शव पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जनाएको छ। अहिले उनको शव फरेन्सिक डिपार्टमा रहेको समेत दूतावास स्रोतले जानकारी दिएका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments