16.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
HomeEnglishराजतन्त्र पुन: स्थापना हुने भ्रम पाल्नु हुँदैन : महामन्त्री शर्मा

राजतन्त्र पुन: स्थापना हुने भ्रम पाल्नु हुँदैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्।

पार्टीको तनहुँ जिल्ला कार्यसमितिले शनिबार (आज) आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

वर्तमान व्यवस्थालाई नै बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन। यसैलाई बलियो बनाउनुपर्छ।’

महामन्त्री शर्माले राजतन्त्र पुनः स्थापना हुने भ्रमबाट मुक्त हुन पनि आग्रह गरे। ‘जनतामा निराशा र असन्तुष्टि छ। त्यसलाई सम्बोधन गर्न विलम्ब गर्नुहुँदैन तर, राजतन्त्र पुन:स्थापना हुने भ्रम पनि पाल्नुहुँदैन,’ उनले भने।

- Advertisement -

प्रकाशित: ९ चैत्र २०८१ १७:०१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments