20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishयातायात क्षेत्र देशको आर्थिक मेरुदण्ड: गृहमन्त्री

यातायात क्षेत्र देशको आर्थिक मेरुदण्ड: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्रलाई देशको मुख्य आर्थिक मेरुदण्ड भएको बताएका छन्।

शनिबार बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री लेखकले उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रहरू यातायातसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे।

‘‘कृषि उत्पादनको बजारसम्मको पहुँच, मानव स्रोतको आवागमन र सीमापार व्यापारका लागि यातायातको भूमिका महत्वपूर्ण छ,’’ उनले भने, ‘‘देशको समग्र आर्थिक गतिविधि यातायातमै भर पर्छ।’’

मन्त्री लेखकले यातायात क्षेत्रसँग जोडिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। ‘‘सडक पूर्वाधारको गुणस्तर, प्रशासनिक झन्झट, कर संरचना, नियम कार्यान्वयन, सवारी साधन तथा श्रमिक सुरक्षाजस्ता विषयमा सरकार गम्भीर छ,’’ उनले भने।

- Advertisement -

उनले व्यवसायीहरूको प्रशंसा गर्दै केही कमजोरीमा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरे। ‘‘तपाईंहरू सेवा दिँदै आउनुभएको छ, तर भाडादरमा पारदर्शिता, यात्रु सुरक्षामा लापरवाही, हड्ताल प्रवृत्ति, प्रविधिको न्यून प्रयोग जस्ता पक्षमा सुधारको खाँचो देखिन्छ,’’ मन्त्री लेखकले उल्लेख गरे।

उनले आफू विगत २०६३ सालदेखि कुनै न कुनै रूपमा यातायात क्षेत्रसँग संलग्न रहँदै आएको बताउँदै समस्याको समाधानका लागि सरकार निरन्तर छलफल र पहलमा रहेको जनाए।

‘‘हिजोमात्रै काठमाडौंमा सरोकारवालासँग प्रारम्भिक छलफल थालिएको छ,’’ उनले भने, ‘‘दुर्घटना न्यूनीकरण, बीमा, तथा अन्य गम्भीर विषयमा व्यवसायीहरूको मागलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम निर्माणमा सरकार अग्रसर हुनेछ।’’

प्रकाशित: ३० चैत्र २०८१ १५:३० शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments