20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishयस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार प्राध्यापक डा. शिवाकोटीलाई

यस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार प्राध्यापक डा. शिवाकोटीलाई

काठमाडौं । राष्ट्रिय वनस्पति पुरस्कार– २०८१ प्राध्यापक डा. लोकेश शिवाकोटीलाई प्रदान गरिएको छ । 

वनस्पति विभागले शुक्रवार आयोजना गरेको आफ्नो ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसका अवसरमा डा. शिवाकोटीलाई उक्त पुरस्कार दिएको हो । 

- Advertisement -

नेपालमा वानस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएको भन्दै उनलाई पुरस्कार दिइएको हो । 

सो कार्यक्रममा ७ जना कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको थियो । यस्तै,११ जना कर्मचारीलाई कदरपत्र प्रदा नगरिएको थियो । 

सोही अवसरमा जडीबुटीका उत्पादनहरु, वनस्पतिसम्बन्धी हुलाक टिकट र बोटानिकल इलयुसट्रेसनसम्बन्धी प्रदर्शनी पनि राखिएको थियो।

उक्त कार्यक्रम वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र राज्यमन्त्री रुपा वि। क।ले पानसमा दीप प्रज्वलन गरी समुद्‍घाटन गरेका थिए । 

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments