20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठम्याग्दीमा रत्नेचौर ज्यामरुककोट भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दीमा रत्नेचौर ज्यामरुककोट भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी : भौतिक पूर्वाधार मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको स्तरोन्नति र कालोपत्र गर्ने तयारी गरेको छ। यो सडक परियोजना रु. २३ करोड ३२ लाखको लागतमा कार्यान्वयन हुने भएको छ।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका लागि नाली निर्माण गर्ने लगायतका काम अहिले धमाधम भइरहेका छन्। इञ्जिनियर अरुण सेढाईंका अनुसार, आगामी एक–दुई दिनभित्रै कालोपत्र कार्य सुरु हुने छ।

यस सडकलाई नौ मिटर फराकिलो बनाइएको छ भने सात किलोमिटर डिबिएसडी (DBSD) प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी (RCC) ढलान गरिने छ। इञ्जिनियर सेढाईंले “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौं” भने। पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

यसअघि नै रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर सडक कालोपत्र र ३०० मिटर ढलान कार्य सम्पन्न भइसकेको छ। यो परियोजना पूरा भएपछि स्थानीय यातायात र आर्थिक गतिविधिमा ठूलो सुधार आने अपेक्षा छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments