19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishमेहेलेको एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

मेहेलेको एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेमा एक घरमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेहलेका हर्क तामाङको घरमा मंगलबार मध्यान्ह भएको आगलागीबाट ६ लाख मूल्य बराबरको क्षति भएको हो।

प्रहरीका अनुसार तामाङको ढुङ्गा, माटो र टिनको छाना भएको तीन तले घर तथा घरमा रहेका भाडा वर्तन ,लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ। हाल आगलागी भने पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ।

तामाङको घरको पहिलो तलाको भान्छा घरमा खोले पकाउने क्रममा अचानक आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले सार्वजनिक गरेको छ।

- Advertisement -

प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो।

प्रकाशित: २७ फाल्गुन २०८१ १९:५५ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments