23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमेयरका छोराद्वारा प्रमुख प्रशासकीय अधिकृत कुटिए « News of Nepal

मेयरका छोराद्वारा प्रमुख प्रशासकीय अधिकृत कुटिए « News of Nepal


काठमाडौं। 

धनुषास्थित बिदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन दासले कार्यकक्षमा नै हातपात गरेपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले मेयरका बाबु छोरालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । 

 प्रमुख प्रशासकीय अधिकृत साहलाई मेयरका छोरा रामभजनले केही  दिन अघि साहको कार्यकक्षमा नै गएर हातपात गरेका थिए । सोही विषयमा प्रहरीमा छलफल हुँदा मेयर बेचनले समेत प्रशासकीय अधिकृत साहलाई गोलीले उडाइदिने धम्की दिएका थिए । पीडित साहले जिल्ला प्रशासन कार्यालय धनुषामा कारबाहीको माग गर्दै निवेदन दिएपनि उनीहरुमाथि कुनै कारबाही नभएपछि साहले प्रधानमन्त्री समक्ष अर्को  निवेदन पठाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार मेयर बेचनका छोरा रामभजनले शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउदा तैले यसलाई किन हाजिर गराइस् भन्दै धाक धम्की , गाली गलौज गर्दै साहलाई उनकै कार्यकक्षमा कुटपिट गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले आफूले २५ दिनमा गरेका २४ कार्यको सूची समेत प्रधानमन्त्रीलाई  पठाएका छन् । 

- Advertisement -

साहले आफू १२ वर्ष सम्म लगातार राष्ट्रिय सतर्कता केन्द्रमा अनुशासित कर्मचारीको रुपमा कार्य गरेको र अहिले आफ्नै गाउँठाउँ छेउको पालिका जनताको सेवा गर्न आएको बताएका छन् । उनले आफू माघ २ गतेदेखि २७ गतेसम्म लगातार २५ दिन कुनै विदा नलिई छुट्टीको दिनमा समेत बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म लगातार जनताको काममा खटेको स्पष्ट पारेका छन् । त्यसैले अझै यस पालिकामा लगातार २ वर्ष सम्म काम गरेर व्यापक सुधार गर्ने अवसर दिलाइदिनु हुन प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  तथा सरकारका विभिन्न सरोकारवाला निकायलाई उनले आग्रह गरेका छन् । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments