20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमाधव नेपालको आरोपः सरकार दलाल पुँजीपति र विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि...

माधव नेपालको आरोपः सरकार दलाल पुँजीपति र विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढेको छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन्।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे। उनले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए। कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको उनको आरोप छ ।

अध्यक्ष नेपालले भने, ‘समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बन्न पुगेको छ । संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । ६ वटा अध्यादेश ३० वटा कानूनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन । भूमि सम्बन्धी ऐनको बारेमा चर्चा भइसकेको छ । त्यसैगरी मिडियासँग जोडिएको नियन्त्रण गर्न खोज्ने नियत पनि स्पष्ट भइसकेको छ । यि सबै कुराको सन्दर्भमा भन्ने हो भने जसरी दलाल पुँजीलाई, विचौलियालाई पूरै पोस्ने काम सरकारले गर्न खोजिरहेको छ । यसको पनि तपाईंहरुले भण्डाफोर गर्नुपर्छ ।’

प्रकाशित: ४ फाल्गुन २०८१ १६:४२ आइतबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments