25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमहिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि छानिए २८ खेलाडी

महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि छानिए २८ खेलाडी

नपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ।

आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो।

छनोट हुने खेलाडीहरुमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न।

त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छ्न।

- Advertisement -

आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण यही चैत १९ गतेदेखि सुरु हुने क्यानले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८१ २१:३१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments