23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमहानगरले भन्यो: भोलि जात्रालाई अवरोध पुर्‍याउने सभा, सम्मेलन नगर्नु

महानगरले भन्यो: भोलि जात्रालाई अवरोध पुर्‍याउने सभा, सम्मेलन नगर्नु

काठमाडौं महानगरपालिकाले चैत १५ गते मनाइने पाहाँचर्‍हे जात्राका क्रममा कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्न अनुरोध गरेको छ।

जात्रालाई अवरोध पुर्‍याउने कुनै पनि गतिविधि नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महानगरले सवारी साधन सञ्चालनमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई समेत अनुरोध गरेको हो।

महानगरले जारी गरेको सूचनामा जात्रा बसन्तपुर, न्युरोड, यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने उल्लेख छ। जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित राख्न वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका कारण सुरक्षा सतर्कता बढाइएको छ। राजावादीहरूले तिनकुनेमा सभा आयोजना गर्ने अनुमति पाएका छन् भने गणतन्त्र समर्थकहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्न ठाउँ दिइएको छ।

- Advertisement -

यसै सन्दर्भमा महानगरले जात्राको सहज सञ्चालनमा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेको हो। महानगर प्रहरी बलले पनि जात्राको रूटमा सहज आवागमनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१ २१:३५ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments