19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमहाकुम्भबाट फर्किँदै गरेका गाडी दुर्घटना, तीन नेपालीको मृत्यु

महाकुम्भबाट फर्किँदै गरेका गाडी दुर्घटना, तीन नेपालीको मृत्यु


काठमाडौं ।

महाकुम्भ मेलाबाट फर्किँदै गरेका नेपालीहरु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार राति गोरखपुरको बासगाउँमा १० नेपाली सवार स्कारपिओ गाडी ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। तीव्र गतिमा भएको गाडीले सोही दिशातर्फ जाँदै गरेको ट्याक्टरलाई ठक्कर दिएका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

दुई जना सप्तरीको कञ्चनरूप नगरपालिका-७ का ६४ वर्षीय परशुराम चौधरी र लिलावती चौधरी तथा सोही नगरपालिका वडा नम्बर ५ पोखरियाकी ५५ वर्षीया हरिहरदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो।

- Advertisement -

लिलावतीका श्रीमान उपेन्द्र नारायण चौधरी गम्भीर घाइते रहेको जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार अन्य सात जना घाइते भएका छन्। उनीहरू सबैको गोरखपुर जिल्ला अस्पतालमा उपचार भइरहेको लाइभहिन्दुस्तान डटकमले जनाएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments