20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमकवानपुरमा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

मकवानपुरमा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ


हेटौँडा : मकवानपुरमा आफ्नै नाबालिक छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। मकवानपुरको थाहा नगरपालिकामा आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।

थाहा नगरपालिकाका ३६ वर्षीय ती पुरुषले आफ्नै छोरीलाई पटक÷पटक जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, पालुङमा जाहेरी दर्ता भएको थियो।

उक्त जाहेरीका आधारमा प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो।

- Advertisement -

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

पीडित बालिकाको अवस्था सामान्य रहेको छ भने उनलाई सेफ हाउसमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments