25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठभारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : बाबुराम RD Creation

भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : बाबुराम RD Creation

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताए । अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले विरोध गरिरहेको उनकाे आरोप छ ।

डा. भट्टराईले  भने, ‘भारतमै जस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै बिरुद्धको हो की भन्ने रहेछ । केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र । त्यहाँको मुख्य शक्तिहरुको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो । हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन ।’

उनले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको समेत बताए । उनले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताए । नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने उनकाे भनाइ छ ।

- Advertisement -

 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १९:५५



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments