20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishभारतीय अभिनेता मनोज कुमारको निधन

भारतीय अभिनेता मनोज कुमारको निधन

भारतीय अभिनेता मनोज कुमारको शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ। उनी ८७ वर्षका थिए। उनी विशेष गरी आफ्ना देशभक्तिपूर्ण चलचित्रहरूका लागि परिचित थिए। उनलाई भरत कुमारको नामले पनि चिनिन्थ्यो। उपकार, पूर्वपश्चिम, क्रान्ति, रोटी-कपडा और मकान उनका सफल फिल्म थिए।

मनोज कुमारका छोरा कुणाल गोस्वामीका अनुसार उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। उनको अन्त्येष्टि भोलि हुनेछ।

मनोज कुमार लामो समयदेखि कलेजो सिरोसिसबाट पीडित थिए। उनको अवस्था बिग्रिएपछि उनलाई फेब्रुअरी २१, २०२५ मा अस्पताल भर्ना गरिएको थियो।

मनोज कुमारले ७ वटा फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। पहिलो फिल्मफेयर अवार्ड १९६८ मा फिल्म उपकारको लागि प्राप्त भएको थियो। उपकारले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ संवादको लागि चार फिल्मफेयर पुरस्कार जित्यो। उनलाई १९९२ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। २०१६ मा उनलाई दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो।

- Advertisement -

प्रकाशित: २२ चैत्र २०८१ १०:५४ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments