23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठभगिरथ चापागाईं लगाएत २८ जना कोमामा रहेका बिरामिलाइ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले...

भगिरथ चापागाईं लगाएत २८ जना कोमामा रहेका बिरामिलाइ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल झिकाउने

आर डि क्रीएशन/ २५ जुन, कुवेत। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विभिन्न देशमा वैदेशिक रोजगारिको रुपमा गएका र विभिन्न दुर्घटनाको वा रोगका कारण कोमामा रहेका २८ जना नेपाली नागरिकलाइ नेपाल झिकाउने तयारी गरेको छ। जस मध्ये कतारमा सबैभन्दा बढि १५ जना रहेका छन् भने साउदीमा ७ जना, कुवेतमा ४ जना र युएइ र कोरियामा १-१ जना रहेका छन् । गत आइतबार श्रम तथा रोजगा र मन्त्री एवं वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अध्यक्ष माननीय गोकर्ण बिष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले सो निर्णाय गरेको हो।

कतारमा कोमा तथा पक्षघातमा रहेका बिरामीमा रूपन्देहीका राजाराम चमार, स्याङ्जाका भीमबहादुर थापा, छविराज आले, स्याङ्जाकै अभिषेक कुमाल, बागलुङका लीलाराम सापकोटा, सिरहाका दिनेशकुमार चौधरी, पर्वतका देवेन्द्रकुमार थापा, नवलपरासीका ओमबहादुर कुम्हाल, संखुवासभाका दिनेशकुमार राई, जनकपुरका लियामत कवारी, झापाका श्रीबहादुर नेम्बाङ, बैतडीका भरतराम लवाड, दाङका भक्तबहादुर रासकोटी, सुवेन्द्र घिसिङ र रोल्पाका मनराज डाँगी छन् । साउदी अरबमा धनुषाका चण्डेश्वर विन मुखिया, प्रकाश गुरुङ, बाटुली सुनार, मनोजकुमार माझी, महेन्द्र गुरुङ, देवराज दर्जी, वेदबहादुर भुजेल उपचाररत छन् । कुवेतमा भागिरथ चापागाईं, गंगाबहादुर गुर्माछाने, हीरा दमाईं र सुमित्रा विक रहेका छन् । यूएईमा पर्वतका कुमार फकामी पुन र दक्षिण कोरियामा झापाका ओमनाथ ढकाल रहेका छन् ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments