20.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeगृहपृष्ठबिर्तामोडमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

बिर्तामोडमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते


झापा । झापाको बिर्तामोडमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गएराति १०:४५ बजे बिर्तामोड–२, रामचोकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजवंशीको टोलीले गस्ती गर्ने क्रममा करिब ४० वर्षका ती पुरुषलाई गम्भीर अवस्थामा फेला पारी उपचारका लागि बिर्तासिटी अस्पताल पठाएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ।
पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ। मृतकको शव सोही अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -

त्यस्तै, राति ११:३० बजे बिर्तामोड–१ स्थित टाइमलेस होटल परिसरभित्र मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
अर्जुनधारा–६ बस्ने १९ वर्षीय सुदर्शन लिम्बूले चलाएको प्र.१–०१–०१३ प.१५११ नम्बरको मोटरसाइकल परिसरभित्र रहेको पार्किङ स्थलबाट बाहिर निकाल्ने क्रममा सोही स्थानमा पार्किङ गरी राखेको प्र.१–०१–०१४ प ३८६६ नम्बरको स्कुटीमा ठोक्किएको थियो।

मोटरसाइकलमा पछाडि सवार मोरङको सुन्दरहरैँचा–२, खुर्साने घर भइ हाल बिर्तामोडको लिटल फ्लावर्स स्कुल अगाडि डेरा गरी बस्ने १९ वर्षीय रिजन कुँवर मोटरसाइकलबाट लडेर घाइते भएका छन्।
उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

टाउकोमा चोट लागेका कुँवरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments