25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठबिर्तामोडमा अहिलेसम्मकै ठूलो मात्रामा लागूऔषध बरामद, मुख्य कारोबारी फरार

बिर्तामोडमा अहिलेसम्मकै ठूलो मात्रामा लागूऔषध बरामद, मुख्य कारोबारी फरार


झापा  । झापा प्रहरीले बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–५ मा सञ्चालित सनलाईट फर्मबाट लाखौंको संख्यामा प्रतिबन्धित औषधि बरामद गरेको हो।

प्रहरीको कारबाहीमा अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीय विनोद घिमिरे पक्राउ परेका छन्। घटनास्थलबाट उनको साथबाट यामाहा कम्पनीको मोटरसाइकल (प्र. १–०१–०१३ प ८९०४) र दुईवटा मोबाइल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

- Advertisement -

प्रहरी अनुसन्धानका क्रममा फर्माका सञ्चालक भानुभक्त खरेल लागूऔषध कारोवारको मुख्य काराेबारी रहेको खुलेको छ। खरेल हाल फरार छन् भने पक्राउ परेका घिमिरेले उनका लागि कारोबार हेर्ने काम गर्दै आएका थिए।

बरामद औषधिहरूमा ट्रामाडोल, डाइक्लोमाइन, जेनेग्रा लगायतका कुल २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल इन्जेक्सन रहेका छन्। यी औषधिहरू चिकित्सकीय प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न कानुनतः निषेध गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार यो झापामा हालसम्मको सबैभन्दा ठूलो मात्रामा बरामद गरिएको लागूऔषध हो। उनले लागूऔषध नियन्त्रणलाई प्रहरीको प्रमुख प्राथमिकताका रूपमा लिँदै आएको उल्लेख गर्दै यसपटकको सफलता प्रहरीको निरन्तर निगरानी र सक्रियताले सम्भव भएको बताए।

फरार रहेका मुख्य अभियुक्त भानुभक्त खरेलको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments