20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियबस र माइक्रोबस ठोक्किदा १० जना घाइते

बस र माइक्रोबस ठोक्किदा १० जना घाइते


काठमाडौं : कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१-००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२-००१ ज ०६३९ नम्बरकाे माइक्रो बस एकआपसमा ठोक्किएका हुन् । चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका-१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments