26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishफिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिएला: सांसद साह

फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिएला: सांसद साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन्।

उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको समेत आरोप लगाए। उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गार्न चेतावनी दिए। उनले चलचित्रकर्मीहरुको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यवद्धता पनि जनाए।

उनले भने,‘चलचित्र समाजको ऐना हो । त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरुलाई पदमुक्त गरि चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु । र यसरि यसरि फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु ।’

- Advertisement -

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागञ्जमा समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो । पछि उक्त अभिव्यक्ति काटेपछि प्रदर्शनको लागि अनुमति दिइएको थियो ।

प्रकाशित: ३ चैत्र २०८१ १२:२१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments