19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रधानमन्त्री ओलीलाई कमेडी च्याम्पियनमा जान ज्ञानेन्द्र शाहीको सुझाव RD Creation

प्रधानमन्त्री ओलीलाई कमेडी च्याम्पियनमा जान ज्ञानेन्द्र शाहीको सुझाव RD Creation


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमेडी च्याम्पियनमा जानका लागि सुझाव दिएका छन्।

ओलीलाई कमरेडका ‘बा’ भन्दै शाहीले भनेका छन्, ‘तपाईं कमेडी च्याम्पियनमा जानुहोस् र कलाकार बन्नुहोस्। कमसेकम जनता हँसाउनुहोस् र जगत्‌लाई खुसी बनाउनुहोस्।’

अगाडि उनले भनेका छन्, ‘कमरेडका बा तपाईं ३ पटक प्रधानमन्त्री हुँदा युवाहरूले बेरोजगारीको ट्याग पाए। राष्ट्रले विदेशी ऋणको भार पायो। भ्रष्टाचारीले आश्रय पाए। बलात्कारीले संरक्षण पाए। टोले गुण्डाहरूले ठेक्का पाए। अरिङ्गालहरूले  भत्ता पाए। साईबर सेनाले जागिर पाए। पापीहरूले न्याय पाए। तर, हामी जनताले सिर्फ उखान टुक्का पायौँ।’

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments