20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठप्रदेश र स्थानीय तहको साझेदारी बढाउन

प्रदेश र स्थानीय तहको साझेदारी बढाउन

कास्की । ग्रामीण अर्थतन्त्र सुधार र उत्पादनमुखी योजना बढाउन प्रदेश सरकारले स्थानीय पालिकासँग साझेदारी बढाउने योजना बनाएको छ। यसका लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरी आगामी बजेटमा उत्पादनमा जोड दिने र कृषि तथा पर्यटनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रदेश नीति तथा योजना आयोगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले “लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफलमुखी बनाउनुपर्छ” भन्दै आगामी वर्ष नमुना कार्यक्रम सञ्चालन गर्ने तर्क राखे। उनले स्थानीय तहसँग समन्वयको आवश्यकता बताउँदै व्यवहारमा यो कमजोर रहेको स्वीकार गरे।

स्थानीय जनप्रतिनिधिहरूले भने प्रदेशले साना योजनामा पालिकाको समन्वयबिनै बजेट छुट्याउने प्रवृत्ति रोक्न माग गरेका छन्। उनीहरूको तर्क छ—”साना योजनाको जिम्मेवारी पालिकालाई नै दिइएमा कार्यान्वयन प्रभावकारी हुनेछ।”

यसैबीच, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नभएको अवस्थामा आन्तरिक राजस्व बढ्न नसक्ने र कर्मचारी तलब दिन गाह्रो हुने चिन्ता पनि व्यक्त गरिएको छ। सहभागीहरूले अब आयवृद्धि गर्ने र उत्पादनमुखी बजेट निर्माण गर्न आह्वान गरेका छन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments