20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishप्रकृतिका आमाबाबुलाई प्रधानमन्त्रीको ढाडस : निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुने विश्वास

प्रकृतिका आमाबाबुलाई प्रधानमन्त्रीको ढाडस : निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन्। कुराकानीमा उनले भारतको ओडिसामा भएको प्रकृतिको रहस्यमयी मृत्युबारे जानकारी लिँदै न्यायका लागि सरकारले हरसम्भव सहयोग गर्ने बताए।

नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रकृतिको न्यायका लागि भैरहवास्थित उनको घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गरेका छन्। सोही अवसरमा उनले पीडित परिवारको कुरा प्रधानमन्त्री ओलीसँग गराएका हुन्।

प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘यो खबर सुनेर मलाई निकै दुख लागेको छ। हामी सबैलाई दुखी बनाएको छ। भएर गएको घटनालाई फर्काउन सकिँदैन। नहुनुपर्ने घटना भयो। हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ। छानबिन पनि भइरहेको छ।’ उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए।

- Advertisement -

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्नेमा जोड दिए। सुनिलले भने, ‘हाम्रो त घटना भइसक्यो। त्यहाँ धेरै नेपालीका छोराछोरी छन्। आगामी दिनमा यस्ता घटना नहुन्। सरकारले पनि यसमा पहल गरोस्। घटना भइसक्यो, दुर्घटना भइसक्यो।’ जवाफमा प्रधानमन्त्री ओलीले यो प्रकरणलाई सरकारले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रकृतिलाई न्याय दिलाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल चार फागुनमा मृत फेला परेकी थिइन्। यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १३ फाल्गुन २०८१ १०:०३ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments