23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ । पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपदैन रु भन्दै उनले प्रश्न समेत गरे।

उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रण्ले महिला राष्ट्रपति बनाएको उल्लेख गरे। उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने बताए। उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरुमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे।

उनले भने, ‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन रु छैन र रु उहाँलाई दुख्नु पर्दैन र रु उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन रु राज्यको सम्पती तोडफोड हुँदा गम्भिर गल्ति भएको महशुस भएको छ भनेर बोल्नु पर्दैन र रु संवेदनशीलता नै देखिएन नि । राजालाई राजगद्धिमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति । के यो देश पुरुषहरुको मात्रै हो र रु गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि । तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ । नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ । सुधार गर्नुपर्छ । ०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं नि तर राजगद्धिमा बसेको राजालाई त परिवर्तन गर्न सकिदैन नि ।’ 

- Advertisement -

प्रकाशित: २० चैत्र २०८१ १४:३८ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments