17.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
HomeEnglishपिएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध  छ : प्रधानमन्त्री केपी शर्मा ओली

पिएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध  छ : प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ  । गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित  दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा  प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो,  “गैर–आवासीय नेपाली संघ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”  

दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशहरूमा गएर बसोबास गरेका नेपालीहरूको विषयमा सरकार सचेत रहेको उहाँको भनाई थियो, उहाँले भन्नुुभयो “गैर–आवासीय नेपालीहरूको अवस्था विभिन्न प्रकारका हुन्छन् – केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेशा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन्,र नेपालले उनीहरूबाट के कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु । यस सम्मेलनले गैर–आवासीय नेपालीहरूलाई आफ्नो पैत्रिक थलो पत्ता लगाउन मद्दत गर्नेछ विशेष गरी कम्बोडिया, म्यानमार, थाइल्याण्ड, मलेसिया जस्ता देशहरूमा रहेका नेपालीहरूको मूल थलो पत्ता लगाउन कठिनाइ भइरहेको छ, तर यो सम्मेलनले त्यस क्षेत्रमा पनि योगदान पु¥याउनेछ भन्ने मलाई विश्वास छ । गैर–आवासीय नेपाली संघ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”

नेपाल सरकारको उच्च तहबाट प्रतिनिधित्व हुनुले  पनि उक्त विषयमा सरकारको चासो र रुचि पुष्टि भएको  उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो रुचि केवल औपचारिक छैन, यो सार्थक र उद्देश्यपरक छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु।”

click the link  for more to watch 

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments