20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपाथीभरा घटनामा घाइते आमा छोरालाई उपचारका लागि काठमाडौं पठाइयो

पाथीभरा घटनामा घाइते आमा छोरालाई उपचारका लागि काठमाडौं पठाइयो


काठमाडौँ : ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडी रहेको सवारीमा करेन्ट प्रवाह भई आगो लाग्दा भएको घटनाका घाइते आमा छोरालाई उपचारका लागि काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार घाइते आमा छोरालाई उपचारका लागि अन्नपूर्ण हेलिकोप्टरबाट काठमाडौंको ह्यामस् अस्पताल पठाइएको हो।

घाइते आमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय सबिना आचार्य तथा छोरा १० वर्षीय अभियम आचार्यलाई लिएर हेलिकोप्टर काठमाडौंका लागि प्रस्थान गरेको छ । सबिनाको शरीरका विभिन्न भाग जलेको छ भने छोरा अभियमको स्वास्थ्य अवस्था जोखिममुक्त रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । घाइतेलाई लिन दुई विशेषज्ञ चिकित्सक सहित सबिनाका श्रीमान् निरज आचार्य आफैँ ताप्लेजुङ आएका थिए । उनी पेसाका चिकित्सक हुन् ।

- Advertisement -

सोमबार बिहान भएको घटनामा सबिना र निरजका १६ बर्षिया छोरी आध्या, सबिनाकी बुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ बर्षिया सरिता र नम्बर मे १ ज ३०११ को सवारीका चालक फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भइसकेको छ ।

बिहान पाथीभरा मन्दिरको दर्शनका लागि फुङलिङबाट हिँडेको सवारीमा पाथीभरा क्षेत्रको तेर्से र गुन्द्रे भन्ने स्थानको बिच भागमा हाइटेन्सन लाइन विद्युतको लत्रिएको तार परेको थियो । सोही विद्युतको करेन्ट प्रवाह भई सवारी पूर्ण रुपमा जलेको छ भने सवार ६ मध्ये चालक सहित ४ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments