20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा ट्राफिक सप्ताह सुरु

पाँचथरमा ट्राफिक सप्ताह सुरु


पाँचथर ।पाँचथरमा शुक्रबार ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथर, जिल्ला ट्राफिक कार्यालय पाँचथरको संयुक्त आयोजनामा ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना’ भन्ने सन्देशससहित ट्राफिक सप्ताह सुरु गरिएको हो।
फिदिम बजारस्थित शिवालय मन्दिरबाट प्रभातफेरी आयोजना गर्दै यो सप्ताह सुरु गरिएको हो। र्‍यालीमा सहभागीले सवारी दुर्घटना हुन नदिन चालक पैदलयात्री र यात्रुले अपनाउनुपर्ने सावधानी सम्बन्धी सन्देश लेखेका प्ले कार्ड र ब्यानर बोकेका थिए ।

र्‍याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा प्रवेश गरेका सहभागीले त्यहाँ औपचारिक कार्यक्रम मार्फत ट्राफिक सप्ताह सुरु भएको उद्घोष गरे। कार्यक्रमको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्‌लेले गरे। नगरप्रमुख काफ्‌लेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै विद्यालय तहबाटै ट्राफिक शिक्षा सुरु गर्नु दीर्घकालीन समाधानको उपाय हुने धारणा व्यक्त गरे।
सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, चोक–चोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाइ गर्ने लगायतका कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख डम्बर बिक्रम दियालीले बताए।
अव्यवस्थित पार्किङ हटाउने, धुँवा धुलोबाट बच्न मास्क वितरण गर्ने स्टिकर टाँस गर्ने, जेव्राक्रसस नभएको स्थानमा बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण लगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको छ ।
सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकैसाथ ट्राफिक सप्ताह सुरु गरिएको हो। आगामी एक सातासम्म हरेक जिल्लामा विविध ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments