20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा ९ लाख ६५ हजारभन्दा बढीले दिए आवेदन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा ९ लाख ६५ हजारभन्दा बढीले दिए आवेदन



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन गरेको आईपीओमा सोमवारसम्म ९ लाख ६५ हजार २२१ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार बेलुका ५ः६ बजेसम्म ९ लाख ६५ हजार २२१ जनाले रू. १ अर्ब २५ करोड ९६ लाख ५४ हजार बराबरको आवेदन दिएका हुन् । यो मागभन्दा ६ दशमलव ८२ गुणा बढी हो । 

- Advertisement -

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले आइतवारदेखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीको आईपीओका खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयरमार्फत आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments